Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दिल्ली विमानस्थलमा मृत्यु हुनेको परिवारलाई २० लाख भारु क्षतिपूर्ति

दिल्ली विमानस्थलमा मृत्यु हुनेको परिवारलाई २० लाख भारु क्षतिपूर्ति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०८१ शुक्रवार • १४:०२:२६ बजे
  • 646
    SHARES
  • दिल्ली विमानस्थलमा मृत्यु हुनेको परिवारलाई २० लाख भारु क्षतिपूर्ति

    दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको दुर्घटनामा मृतक र घाइतेलाई क्षतिपूर्ति दिइने घोषणा गरिएको छ । शुक्रबार बिहान मुसलधारे वर्षाबिच इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–१ को छतको हिस्सा खसेको थियो ।

    images

    यस घटनामा एक जनाको मृत्यु भएको थियो भने अन्य कयौँ घाइते भएका थिए । स्थिति बुझ्न घटनास्थलमा केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु पनि पुगेका थिए ।

    भत्किएको संरचना सन् २००९ मा बनेको बताइएको छ । यस मामिलामा छानबिन गर्न दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडलाई भनिएको र मन्त्रालयको तर्फबाट डीजीसीए सो जाँचको हिस्सा हुने बताइएको छ । यो घटनालाई गम्भीरतापूर्वक लिइने भन्दै मन्त्री नायडुले देशभरका यस्ता संरचना भएका सबै विमानस्थलको जाँच गरिने बताए ।

    दुर्घटनामा मृत्यु र घाइते भएकाहरूका लागि उनले क्षतिपूर्तिको घोषणा गरेका थिए । मृतकको परिवारलाई २० लाख भारु र घाइतेलाई ३ लाख भारु दिने घोषणा गरिएको छ ।

    यस दुर्घटनामा एक जना क्याब ड्राइभरको मृत्यु भएको थियो । मृतक ४४ वर्षका मुन्ना यादव भएको बताइएको छ । करिब १० ओटा कार र गाडीमाथि छत खस्दा त्यसमा सवारहरू ६ जना घाइते भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology