Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतले जारी गरेको आममाफीमा ३ हजार नेपालीले लिए यात्रा अनुमति

कुवेतले जारी गरेको आममाफीमा ३ हजार नेपालीले लिए यात्रा अनुमति

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २०, २०८१ बुधवार • १२:१८:४८ बजे
  • 1.3K
    SHARES
  • कुवेतले जारी गरेको आममाफीमा ३ हजार नेपालीले लिए यात्रा अनुमति

    कुवेत सरकारले जारी गरेको आममाफी (एम्नेस्टी) प्रक्रियामा ३ हजार नेपालीले यात्रा अनुमति लिएका छन । गैरकानूनी रूपमा बसेका आप्रवासीहरूले स्वदेश फिर्ता हुन वा आफ्नो स्थिति कानूनी बनाउन अनुमति पाएका थिए ।

    images

    मार्च १७ देखि जुन ३० तारिखसम्म खुलाइएको एम्नेस्टी प्रक्रियामा ३५ हजार आप्रवासीहरूले अवसरको सदुपयोग गरेका थिए । यसै अवसरको सदुपयोग गरि  करिब ३ हजार नेपालीले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएको नेपाली राजदूतावास कुवेतका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिएका छन । अनुमति पत्र लिने सबैले कुवेत छोडेको यकिन विवरण कुवेत आप्रवासनसँग रहेको हुँदा यसै भन्न नसकिए पनि प्रायः स्वदेश फर्किएको जानकारी प्राप्त भएको छ ।

    एम्नेस्टी जारी भएको मितिभन्दा पछि स्पोन्सरको घर छोड्ने तथा कम्पनिबाट भाग्नेहरू जटिल समस्यामा परेका छन् । कुवेतले एम्नेस्टीमा मार्च १७ भन्दा पहिला गैरकानूनी भएकाहरूले मात्र सहभागिता जनाउन सक्ने प्रावधान बनाएको थियो। तर सही सूचना बिना इलिगल हुदा धेरै नेपाली समस्यामा परेका छन्।

    कुवेतमा अझै ८५ हजार गैरकानूनी रूपमै रहेको जनाएको छ । जुन १ देखि गैरकानूनी रूपमा बसोबास गर्ने तथा कानुनको पालना नगर्नेहरूलाई लक्षित गर्दै धरपकट सुरु गरेको छ भने पक्राउ पर्नेहरूलाई सदाका लागि डिपोर्ट गर्ने भएको छ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology