Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १८, २०७७ आइतवार • २३:३१:५२ बजे
  • 2.2K
    SHARES
  • प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार

    प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका छन् । काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै बुटवलतर्फ आउने क्रममा आन्दोलनकारीले राजमार्ग चौराहामा मुख्यमन्त्री चढेको गाडीमा ढुंगा प्रहार भएको हो ।

    images
    ढुंगा प्रहारपछि प्रहरीले हवाई फायर गरेको छ । आन्दोलनकारीको ढुंगा प्रहारबाट दुईवटा गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा विष्णु पोखरेल, मुक्तिराज पौडेल, कमला पाण्डेलगायतका ६ जनालाई पक्रेको छ ।

    आन्दोलनकारीले भैरहवा-बुटवल सडकखण्डका कोटीहवा, मणिग्राम र शंकरनगर क्षेत्रमा कालो झण्डा प्रदर्शन छन् । सहमति जुटाउन भन्दै काठमाडौं गएका पोखरेल आज बेलुकी बुटवल फर्किएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology