Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमाले नेता डा. राजन भट्टराई र संजय थापा कुवेत आउदै

नेकपा एमाले नेता डा. राजन भट्टराई र संजय थापा कुवेत आउदै

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २६, २०८१ मंगलवार • १८:२९:३३ बजे
  • 1.4K
    SHARES
  • नेकपा एमाले नेता डा. राजन भट्टराई र संजय थापा कुवेत आउदै

     

    images

    कुवेत - नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन समारोहलाई सम्बोधन गर्न डा. राजन भट्टराई र संन्जय थापा कुवेत आउने भएका छन । 

    खैतानस्थित राजधानी होटलको सभाहलमा २६ जुलाई २०२४ मा हुने चौथो अधिवेशन समारोहलाई प्रमुख अतिथिका रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य, प्रवास ईन्चार्ज परराष्ट्र बिज्ञ डा. राजन भट्टराई र प्रवासी नेपाली मंञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संन्जय थापा संम्बोधन गर्न आउने आयोजक कमिटीले जानकारी दिएको छ । 

    प्रवासी नेपाली मंञ्च प्रवास संगठन ३७ वटा देशमा राष्ट्रिय कमिटी रहेको मञ्चका सचिव शंकर पौडेलले जानकारी दिएका छन । प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहने छ । दिनको ठिक १२ बजेदेखि सुरु हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति समेत रहने छ । 

    कुवेतको नेपाली समाजमा सन २०१२ मा स्थापना भएको  प्रवासी नेपाली मञ्चले कुवेतमा कार्यरत रहेर नेकपा एमाले संग आस्थावान् सबैलाई संगठित गर्दै, यहाँ कृयाशिल नेपाली संघ-संस्थासंग सहकार्य र समन्वय गरी नेपाली श्रमिकका  समस्या समाधानका लागि संगठनात्मक ढँगबाट पहल गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology