Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

होसियार सामान किन्दा ख्याल गर्नुस्

होसियार सामान किन्दा ख्याल गर्नुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • ०८:२७:१३ बजे
  • 1.9K
    SHARES
  • होसियार  सामान किन्दा ख्याल गर्नुस्

    कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ ।

    images

    बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स, किन्डर ज्वय, स्निकर्स, वाउन्टी चकलेट, ट्याङ जुससहित म्याद सकिएका बेकरीसम्बन्धी खाद्य सामग्रीमा पुनः नयाँ म्याद राखेर बजारमा पठाइने गरेको पाइएको हो ।

    प्रहरीले आइतबार मात्रै करिब १४ सय प्रकारका त्यस्ता खाद्य सामग्री भेटिएको जनाएको छ । गिरोहले त्यस्ता सामग्री बजारबाट उठाएर महामारीको मौका छोपी नयाँ उत्पादन मिति र गुज्रने म्यादको मिति राखेर लेभलिङ गरी बजारमा पठाउने गरेको पाइएको प्रहरीको भनाइ छ ।

    प्रहरीले आइतबार कलंकी क्षेत्रमा सिल गरेको एक घरको गोदाममा राखिएको १४ सय प्रकारका सामग्रीमध्ये १ सय ४१ प्रकारका सामग्रीको पहिचान गरेको हो । अन्य सामग्री भने पहिचान हुँदै छ । राजधानी दैनिकबाट

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology