Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी शर्मा ओलीले शपथ लिएकै दिन बढ्यो डिजेल र पेट्रोलको मूल्य

केपी शर्मा ओलीले शपथ लिएकै दिन बढ्यो डिजेल र पेट्रोलको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०८१ सोमवार • १५:१२:१५ बजे
  • 1.3K
    SHARES
  • केपी शर्मा ओलीले शपथ लिएकै दिन बढ्यो डिजेल र पेट्रोलको मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको हो ।

    images

    एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।

    निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । आज राति १ बजेदेखि सो मूल्य लागू हुने पनि निगमले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology