Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

काेराेना संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूकाे चरम अभाव हुने

काेराेना संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूकाे चरम अभाव हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • ०८:२८:५० बजे
  • 1.3K
    SHARES
  • काेराेना संक्रमित बढ्दै, भेन्टिलेटर र आईसीयूकाे चरम अभाव हुने

    केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् । आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ । आइतबार सात जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ ।


    यस्तै, देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार २२ हजार २ सय १९ जना सक्रिय संक्रमितमध्ये ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

    सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन् । प्रदेश १ मा १ हजार ८ सय ५०, प्रदेश २ मा ५ सय ५८, प्रदेश ५ मा १ हजार २ सय २, सुदूरपश्चिम प्रदेशमा ४ सय १८, गण्डकी प्रदेशमा ५ सय ३२ र कर्णाली प्रदेशमा २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् । राजधानी दैनिकबाट

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology