Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बंगलादेशमा झन् चर्कियो आन्दोलन, आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुग्यो

बंगलादेशमा झन् चर्कियो आन्दोलन, आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८१ शुक्रवार • ०५:३०:०० बजे
  • 901
    SHARES
  • बंगलादेशमा झन् चर्कियो आन्दोलन, आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुग्यो

    बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् । प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् ।

    images

    ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् ।

    प्रदर्शनकारीहरुले सरकारी नोकरीमा आरक्षण हटाउन माग गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानविरुद्ध मुक्तियुद्ध लडेका सैनिकका छोराछोरीहरुलाई आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै केही दिन अगाडि विश्वविद्यालयका विद्यार्थीहरुले विरोध सुरु गरेका थिए । त्यही विरोध बढ्दै गएर हिंसाको रुप लिएको हो ।

    बुधबार प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेकी थिइन् । उनले प्रदर्शनकारीको उचित माग सम्बोधन गर्ने आश्वासन दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी थिइन् ।

    उनले सम्बोधन गरेको भोलिपल्ट नै आन्दोलन झन् चर्किएको छ । उनीहरुले विहीबार बंगलादेश बन्द आह्वान गरेका थिए । बिहीबार राति विभिन्न ठाउँमा हिंस्रक प्रदर्शन पनि भएको बीबीसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology