Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा आगलागी हुदाँ एकै परिवारका ४ जना भारतीयको निधन

कुवेतमा आगलागी हुदाँ एकै परिवारका ४ जना भारतीयको निधन

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण ५, २०८१ शनिवार • ११:०५:२६ बजे
  • 1.8K
    SHARES
  • कुवेतमा आगलागी हुदाँ एकै परिवारका ४ जना भारतीयको निधन

    कुवेतमा आगलागी हुदाँ एकै परिवारका ४ जना भारतीयको निधन भएको छ । हिजो शुक्रबार अब्बासियास्थित आफ्नो फ्ल्याटमा भएको आगलागीमा परी म्याथ्यूज मुलाक्कल, उनको पत्नी लिनी अब्राहम र दुई छोराछोरीहरूको निधन भएको हो । 

    images

     भारतको केरलाबाट बिदा मनाएर हिजो शुक्रबार अपराह्न ४ बजे मात्र कुवेत आएका थिए । श्रोतका अनुसार उनीहरुको दोस्रो तलाको फ्ल्याटमा राति करिब ८ बजे एयर कन्डिसनर सर्ट भएर आगलागी भएको थियो ।आगलागीका कारण उनीहरुको निसास्सिएर मृत्यु भएको थियो।

    म्याथ्यूज मुलाक्कल रोयटर्समा काम गर्दै आएका थिए भने उनको पत्नी लिनी अल अहमादी गभर्नरेटको आदान अस्पतालमा स्टाफ नर्स थिइन । उनीहरूका छोराछोरी कुवेतको भवन्स स्कूलमा अध्ययनरत थिए । गत महिना पनि यस्तै विनाशकारी आगलागीमा ४५ जना भारतीयले ज्यान गुमाएका थिए ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology