कुवेत - झापाली समाज कुवेतको तेश्रो सांगीतिक धमाका २८ फेब्रुअरी २०२५ मा हुने भएको छ ।
कुवेतले राष्ट्रिय दिवस हरेक वर्ष फेब्रुअरी 25 र स्वतन्र दिवस फेब्रुअरी २६ मा मनाउदै आएको छ । यही अवसरमा कुवेतमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज कुवेतले २८ फेब्रुअरी २०२५ शुक्रवारको दिन एम्बुलेन्स खरिद सहयोगार्थ राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको साथमा बिशेष तेश्रो सांगीतिक धमाका गर्ने भएको छ ।
समाजका अध्यक्ष राजु धिमालको अध्यक्षतामा फर्वानीयास्थित द्वाही प्यासेलमा १९ जुलाईमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कुवेतको नेपाली समाजमा “हाम्रो एकता बिकासको लागि” भन्ने मुल नाराका साथ २०१३ मा स्थापित भएको समाजले नेपालमा एम्बुलेन्स खरिद सहयोगार्थ तेश्रो सांगीतिक धमाका गर्न लागिएको अध्यक्ष राजु धिमालले जानकारी दिएका छन ।

समाजको तेश्रो सांगीतिक धमाका लागि नेपाल बाट आउने ख्याती प्राप्त कलाकारको भने टुङ्गो लागि नसकेको र कार्यक्रम हुने स्थल साथै अतिथि कलाकारको बारेमा छिट्टै जानकारी दिने अध्यक्ष धिमालले बताए । कुवेतका नेपाली संघ सस्थाले उक्त दिन अन्य कार्यक्रमको आयोजना गरी नजुधाईदिन समेत आयोजकले अनुरोध गरेको छ ।