पछिल्लो केही दिनदेखि नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । यसैबीच आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।
आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।