Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रवासी नेपाली मञ्चको चौथो अधिवेशन सम्पन्न, नेतृत्वमा रूपेन हमाल

प्रवासी नेपाली मञ्चको चौथो अधिवेशन सम्पन्न, नेतृत्वमा रूपेन हमाल

चन्द्र गाेतामे

चन्द्र गाेतामे

श्रावण १२, २०८१ शनिवार • १५:५६:२६ बजे
  • 1.6K
    SHARES
  • प्रवासी नेपाली मञ्चको चौथो अधिवेशन सम्पन्न, नेतृत्वमा रूपेन हमाल

    कुवेत - नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । कुवेतको खैतान स्थित राजधानी रेष्टुरेण्टको सभाकक्षमा हिँजो २६ जुलाइ २०२४ शुक्रबारका दिन सम्पन्न अधिवेशनबाट रूपेन बिक्रम हमालको नेतृत्वमा ३१ सदस्सीय कार्य समिति निर्वाचित भएको छ ।
      
    समितिको उपाध्यक्षमा चुडाराज भट्टराई , उपाध्यक्ष नानु बराल , सचिव - शंकर पौडेल , सह सचिव टक बहादुर खड्का , सह सचिव भुवन ब्लोङ तामाङ र आर्थिकमा सान्ता भण्डारी चयन भएका छन । त्यसैगरी सदस्यमा बिदुर , जयश्वर भण्डारी , गुलाम नवि मंसुर , युवराज अधिकारि , सुमन्त खनाल , ज्ञान गजमेर , युवराज ढकाल , दुर्गा ढकाल , सुर्य ओस्ति , बबिता बराईली , चुल बस्याल , सन्दिप बराईली , नवराज आचार्य , कृष्ण बहादुर तामाङ , नारायण श्रेष्ठ , हेममाया तामाङ , हिरामाया तामाङ , बिमल श्रेष्ठ , हरि माझी , सन्त लम्साल , देवि दमाई , थिलेन लामा , उमर महर र हेमन्त नगरकोटी चयन भएका छन ।

    images

    संस्थाका अध्यक्ष राजकुमार थापाको सभाध्यक्षता तथा नेकपा एमालेका विदेश विभाग प्रमुख प्रवास इन्चार्ज पराराष्ट्रविद् डा. राजन भट्टराइको प्रमुख आतिथ्यता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लमसाल तथा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाको विशेष आतिथ्यता तथा कुवेत स्थित अन्य राजनीतिक भातृसंगठनका पदाधिरकारी/प्रतिनिधि, एनआरएनएक  कुवेतका पदाधिकारी, पत्रकार महासंघका पदाधिकारी/प्रतिनिधि, जनजाती महासंघका पदाधिकारी/प्रतिनिधि, कुवेतमा कृयाशिल संघसंस्थाका पदाधिकारी/प्रतिनिधिहरूको अातिथ्यता एवं समाजसेवी, वुद्धिजीवी, कलाकार तथा प्रवासी नेपाली मञ्च सम्वद्ध दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।

    प्रमुख अतिथि डा. भट्टराइले शुभकामना मन्तव्य दिंदै मातृभूमि प्रतिको लगाब सबैमा हुनुपर्छ भन्दै सो को लागि कुनै न कुनै संगठनमा लागेर अाफ्ना हक, हित र सुरक्षाका लागि लाग्नु पर्छ भन्दै अधिवेशनका लागि प्रधानमन्त्रीको शुभकामना सन्देश पनि सम्प्रेषण गरेका थिए । पार्टीको नीति प्रवासमा युवा पठाउने नरहेको भए पनि वाध्यताले युवा विदेश पठाउनु परेको बताउँदै प्रमुख अतिथि भट्टराइले त्यसलाइ व्यवस्थित गर्न पार्टी लागि परिरहेको बताए । उनले थपे, अधिवेशन भन्ने वित्तिकै अघिल्लो कार्यकालको काम कारवाहीको समिक्षा र अागामी कार्यकालको लागि अझ सशक्त रणनीतिका साथ अघि बढ्न नयाँ कार्यसमिति चयन गरिने बताउँदै अघिल्ला वक्ताहरूले राखेका श्रमिकका समस्या समाधानमा अाफ्नो तर्फबाट लागि पर्ने बताए ।
    कुनै किसिमको भ्रष्टाचारलाइ लुकाउन यी काँग्रेस र एमाले पार्टी मिलेको नभइ निर्वाचन प्रणालीमा केही सुधार गर्नको लागि संविधान संशोधन गर्नको लागि एमाले र कांग्रेस मिलेर सरकार गठन भएको बताए ।लोकतान्त्रिक व्यवस्था हामी सबैको रोजाइ हो, यसको विकल्प छैन भन्दै संसारभरि दुइ पार्टी सिस्टमले नै देश विकास भएको दृष्टान्त दिंदै हामी नेपाली जनताले पनि अाफ्नो विवेक प्रयोग गरेर बलियो राष्ट्रिय शक्तिलाइ साथ दिनु पर्ने बताए । अहिले कांग्रेस र एमाले एक भएर अघि बढे पनि ८४ मा यिनै दुइ पार्टी  एकापसमा लड्ने बताउँदै स्थायित्वको लागि मात्रै दुइ ठुला पार्टी एक भएको बताए । 

    शुभकामना मन्तव्य दिने अन्य वक्ताहरूले कुवेतका घरेलु कामदारका समस्या, परदेशबाट मतदान गर्न पाउनु पर्ने, भ्रष्टाचारीहरूलाइ कुनै पनि पार्टीले स्थान दिन नहुने, ७५ केडीमा श्रम गर्न अाएका श्रमिकहरू मेनपावर एजेन्सीबाट ठगीमा परेका विषय, विचाैलियाहरूलाइ दूतावासबाट बहिस्कार गर्नुपर्ने लगायतका मागहरू राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology