Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

प्रदेश ५ मा अन्याय भयो : नेकपा महासचिव पौडेल

प्रदेश ५ मा अन्याय भयो : नेकपा महासचिव पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • १२:०२:५० बजे
  • 1.6K
    SHARES
  • प्रदेश ५ मा अन्याय भयो : नेकपा महासचिव पौडेल

    नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी भालुवाङ राख्ने निर्णय पुनर्विचारका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् ।

    images

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव पौडेलले निर्णय पुनर्विचार गर्न आग्रह गरेका स्रोतको भनाइ छ । महासचिव पौडेलले भने, ‘सबै ठाउँको राजधानी अस्थायी ठाउँमा हुने, प्रदेश ५ मामात्रै निर्णय फरक भयो । प्रदेश ५ मा अन्याय भयो, निर्णय पुनर्विचार हुनुपर्छ ।’

    अध्यक्षद्वय ओली प्रचण्डसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित भेटवार्तामा पौडेलले असन्तुष्टि व्यक्त गरे । पौडेलले थपे, ‘लुम्बिनी क्षेत्रमाथि थप अन्याय भएको छ । जनताको भावनाविरुद्धको कदममा साथ दिन सक्ने अवस्था छैन । त्यसैले यो निर्णय पुनर्विचार हुनुपर्छ । महासचिव पौडेलले अध्यक्षद्वयलाई दबाब दिँदा पोखरेल सुनेर बसेका थिए । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology