Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सबैभन्दा धेरै जनसंख्या भएका विश्वका १० देश

सबैभन्दा धेरै जनसंख्या भएका विश्वका १० देश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०८१ मंगलवार • ०५:०२:२३ बजे
  • 1.9K
    SHARES
  • सबैभन्दा धेरै जनसंख्या भएका विश्वका १० देश

    विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश कुन हो ? विश्वका सबैभन्दा ठुला अर्थतन्त्र भएका शीर्ष १० मुलुकमध्ये ४ वटा देश विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देशको सूचीभित्र पनि पर्दछन् भन्ने कुरा सायद धेरैलाई थाहा नहुन सक्दछ ।

    images

    संयुक्त राष्ट्रसंघीय वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०२४ अनुसार हाल विश्वको जनसंख्या ८ अर्ब २० करोड पुगेको छ ।

    सन् २०८० को दशकको मध्यसम्ममा विश्वको जनसंख्या १० अर्ब ३० करोड डलरको उच्चतम विन्दुमा पुग्ने प्रक्षेपण राष्ट्रसंघले गरेको छ । तर, त्यसपछि भने विश्वको जनसंख्या क्रमशः घट्दै जाने र शताब्दीको अन्त्यसम्ममा १० अर्ब २० करोडमा झर्ने बताइएको छ ।

    संयुक्त राष्ट्रसंघीय प्रतिवेदन अनुसार हाल विश्वमा सर्वाधिक जनसंख्या भएका शीर्ष १० देश यी हुन् :

     

    १. भारत

    भारत गत वर्ष सन् २०२३ मा विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक बनेको हो र त्यसक्रममा उसले चीनलाई पछि पारेको छ ।

    भारतको जनसंख्या हाल एक अर्ब ४५ करोड नाघेको छ । दश वर्षअघि भारत विश्वमा सर्वाधिक जनसंख्या भएको मुलुकको सूचिमा चीनपछि दोस्रो स्थानमा थियो र उसको जनसंख्या एक अर्ब ३१ करोड थियो ।

    स्मरण रहोस् भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्त हो । भारतको जिडिपीको आकार ३९ खर्ब ३७ अर्ब डलर छ ।

    २. चीन

    विगतमा विश्वको सर्वाधिक जनसंख्या भएको देशको रुपमा रहेको चीन हाल भने दोस्रो  स्थानमा छ । चीनको जनसंख्या एक अर्ब ४२ करोड रहेको छ । चीन १८५ खर्ब डलर जिडिपीसहित विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हो ।

    ३. अमेरिका

    विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र (२८७ खर्ब डलर जिडिपी) भएको देश अमेरिका जनसंख्याको आधारमा चाहिं तेस्रो स्थानमा छ । राष्ट्रसंघका अनुसार अमेरिकाको हालको जनसंख्या २४ करोड ५० लाख छ ।

    ४. इण्डोनेसिया

    धेरै जनसंख्या भएका मुलुकको सूचीमा चौथो स्थानमा रहेको इण्डोनेसियाको जनसंख्या २८ करोड ३५ लाख छ । इण्डोनेसिया विश्वको १६औं ठूलो अर्थतन्त्र हो ।

    ५. पाकिस्तान

    दक्षिण एसियाली छिमेकी पाकिस्तान विश्वमा जनसंख्याको आधारमा पाँचौ स्थानमा पर्दछ । पाकिस्तानको जनसख्या करिब २५ करोड १३ लाख छ ।

    ६. नाइजेरिया

    संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्टअनुसार छैटौं स्थानको नाइजेरियाको जनसंख्या २३ करोड २७ लाख छ ।

    ७. ब्राजिल

    जनसंख्याको आधारमा विश्वमा सातौं ठुलो देश ब्राजिलको कुल जनसंख्या २१ करोड २० लाख छ । हाल विश्वको नबौं ठुलो अर्थतन्त्र रहेको ब्राजिल यो वर्ष ८औं स्थानमा उक्लिने प्रक्षेपण छ । ब्राजिलको जिडिपी २३ खर्ब ३१ अर्ब डलर रहेको छ ।

    ८. बंगलादेश

    क्षेत्रफलमा झण्डै नेपाल जत्रै भए पनि दक्षिण एसियाली मुलुक बंगलादेश विश्वमा धेरै जनसंख्या भएका शीर्ष मुलुकहरूभित्र पर्दछ । त्यहाँको जनसंख्या करिब १७ करोड ३६ लाख छ ।

    ९. रुस

    क्षेत्रफलको हिसाबले विश्वको सबैभन्दा ठुलो देश रुस जनसंख्याको आधारमा भने नबौं स्थानमा पर्दछ । रुसको हालको जनसंख्या १४ करोड ४८ लाख छ । विश्वको ११औं ठुलो अर्थतन्त्रको रुपमा रहेको रुसको जिडिपी १९ खर्ब ९७ अर्ब डलर छ ।

    १०. इथियोपिया

    अफ्रिकी मुलुक इथियोपिया विश्वमा धेरै जनसंख्या भएका शीर्ष १० मुलुकको सूचीमा रहेको छ । त्यहाँको जनसंख्या करिब १३ करोड २० लाख रहेको छ ।

  • सम्बन्धित विषय:

  • # विश्वका १० देश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology