Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब देशभर गएर जनताको समस्या बुझ्छु:प्रचण्ड

अब देशभर गएर जनताको समस्या बुझ्छु:प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १५, २०८१ मंगलवार • १२:४३:०५ बजे
  • 835
    SHARES
  • अब देशभर गएर जनताको समस्या बुझ्छु:प्रचण्ड

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले जनतासँग पार्टीको सम्बन्ध टुटेको निष्कर्ष निकाल्दै केन्द्रीय समिति बैठकपछि देशभर जनतामाझ जाने प्रतिबद्धता जनाएका छन् ।

    images

    केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पाँच दिनसम्म चलेको पदाधिकारी बैठकको समापन गर्दै उनले देशभर जनताको सुख–दुःख बुझ्न जाने इच्छा राखेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘जनतासँग सम्बन्ध टुटेको छ । त्यसका लागि देशभर जनताको सुख–दुःख बुझ्न जान्छु ।

    त्यो केन्द्रीय समितिको बैठकपछि हुन्छ भन्नुभएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने । शुक्रबारबाट सञ्चालन भएको बैठकमा चार दिनसम्म नेताहरूले पछिल्लो राजनीतिक अवस्था, विचारको विकास, पार्टी निर्माण तथा भावी योजनाबारे आ–आफ्ना विचार राखेका थिए ।

    प्रचण्डले एमालेसँग वृहत् वामपन्थी एकताको स्वच्छ भावना राखेर पछिल्लो समीकरण बनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको बताएका थिए । उनले पार्टीभित्र देखिएका समस्या, अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थिति र भावी योजनाबारे बैठकलाई जानकारी दिएको प्रवक्ता सापकोटाले बताए ।

    ‘पहिलो एमालेसँग वृहत् वामपन्थी एकताको उद्देश्य राखेर समीकरण बनाइएको थियो । नेपाली जनताले कम्युनिस्ट पार्टीलाई रुचाएको थियो । जनताले झन्डै दुई तिहाइको मत दिएका थिए । त्यसलाई हामीले रक्षा गर्न सकेनौँ । त्यसको समीक्षा गर्दै एमालेसँग समीकरण बनाएका थियौँ । तर यी सबै तोडेर एमालेले कांग्रेससँग समीकरण बनाएको छ’, उनले भने, ‘हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समाजवादमा आधारित संविधान यी सबैको अपनत्व लिएर व्यवहारमा लागु गर्नुपर्छ ।

    त्यसका लागि हामीले देशभक्त र अग्रगमन पक्षधरसँग मोर्चा बनाउनुपर्छ । कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि निरन्तर काम गर्नुपर्छ । समाजवादी मोर्चालाई विस्तार गर्ने, कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने ।

    समाजवादको सपना पुरा गर्न माओवादीले नेतृत्वदायी भूमिका खेल्ने निर्णय भएको छ । सापकोटाले पार्टीको विस्तृत योजना र कार्यक्रम स्थायी समितिले बनाउने र भदौमा बस्ने केन्द्रीय समिति बैठकले भावी कार्यायोजना जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology