Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरानमा इजरायली हमला, हमासका शीर्ष नेता मारिए

इरानमा इजरायली हमला, हमासका शीर्ष नेता मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८१ बुधवार • ०६:१०:०७ बजे
  • 1.0K
    SHARES
  • इरानमा इजरायली हमला, हमासका शीर्ष नेता मारिए

    प्यालेस्टिनी लडाकु समूह ‘हमास’का शीर्ष नेता इस्माइल हानिया इरानको राजधानी तेहरानमा मारिएका छन् । बुधबार हमासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो ।

    images

    तेहरानस्थित हानियाको निवासमा इजरायलले गरेको हमलामा उनी मारिएको हमासले जनाएको छ । हमासका अनुसार कतारमा बस्दै आएका हानिया इरानका नयाँ राष्ट्रपति मसुद पेजेस्कियानको पदभार ग्रहण कार्यक्रममा सहभागी हुन तेहरान पुगेका थिए । इरानको ‘इस्लामिक रिभोल्युशनरी गार्ड’ले पनि हानियाको मृत्यु भएको पुष्टि गरेको छ ।

    हानियाका साथ उनका एक अङ्गरक्षक पनि मारिएको जनाइएको छ । इस्माइल हानिया हमासको पोलिटिकल ब्यूरो प्रमुख थिए । उनी प्यालेस्टिनी अथोरिटीको १०औँ सरकारका प्रधानमन्त्री थिए ।

    अबू अल अब्द उपनाम रहेका उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो । इजरायलले हानियालाई सन् १९८९ मा तीन वर्षका लागि कैद गरेको थियो । त्यसपछि उनलाई हमासका केही नेताका साथ निर्वासित गरिएको थियो । निर्वासन पूरा भएपछि उनी गाजा फर्किएका थिए ।

    सन् १९९७ मा उनलाई हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासीनको कार्यालयका प्रमुख नियुक्त गरिएको थियो । त्यसपछि उनको राजनीतिक हैसियत बढेको थियो ।

  • सम्बन्धित विषय:

  • # इजरायली हमला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology