Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केरला पहिरो मर्नेको सङ्ख्या १५६ पुग्यो, सय जना बेपत्ता

केरला पहिरो मर्नेको सङ्ख्या १५६ पुग्यो, सय जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १६, २०८१ बुधवार • ०६:१५:३४ बजे
  • 820
    SHARES
  • केरला पहिरो मर्नेको सङ्ख्या १५६ पुग्यो, सय जना बेपत्ता

    भारतको केरला राज्यको वायनाड जिल्लामा मङ्गलवार मध्यराति आएको पहिरोले हाहाकार मच्चाएको छ ।

    images

    सारा गाउँ सुतेको समयमा झन्डै २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँ ४ घण्टामै ध्वस्त भयो । घरहरू पुरिए, सयौँ मानिस पहिरोमा बेपत्ता भए । अहिलेसम्म पहिरो खोस्रिएर १५६ जनाको शव बाहिर निकालिएको छ ।

    सय जना अझै बेपत्ता भएको बताइएको छ । केही शव नदीमा बगिरहेको देखिएको भन्दै समाचारहरू आएका छन् । वर्षा जारी रहँदा राहत र उद्धार कार्यमा समस्या आइरहेको छ ।

    १ बजेदेखि ५ बजेसम्म चार घण्टाको बिचमा तीन ठाउँबाट पहिरो खसेको थियो । मौसम विभागले वायनाडसमेत आसपासको जिल्लामा वर्षासम्बन्धी रेड अलर्ट जारी गरेको छ ।

    जसका कारण हेलिकप्टर उड्न पाइरहेको छैन । जमिनबाटै पहिरो खनेर शव निकाल्ने काम भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सय जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology