Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डा. केसीका सत्याग्रहीमाथि दुरासय राखेर बेवास्था गरिए प्रम ओलीले ठुलो मूल्य चुकाउनु पर्ने पुर्व स्वास्थ्य मन्त्री थापाको चेतावनी

डा. केसीका सत्याग्रहीमाथि दुरासय राखेर बेवास्था गरिए प्रम ओलीले ठुलो मूल्य चुकाउनु पर्ने पुर्व स्वास्थ्य मन्त्री थापाको चेतावनी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १९, २०७७ सोमवार • १२:५७:५३ बजे
  • 1.9K
    SHARES
  • डा. केसीका सत्याग्रहीमाथि दुरासय राखेर बेवास्था गरिए  प्रम ओलीले ठुलो मूल्य चुकाउनु पर्ने पुर्व स्वास्थ्य मन्त्री थापाको चेतावनी
    नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापाले अनसनरत डा. गोविन्द केसीका माग तत्काल पूरा गर्न माग गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै उनले भनेका छन्, प्रधानमन्त्रीज्यू, डा। गोविन्द केसीले राख्नुभएको कुन चाहिँ माग पूरा नहुनेगर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?’

    सांसद थापाले विगतमा गरिएका बाचा पूरा नगर्दा आज यो अवस्था आएको उल्लेख गरेका छन्। उनले अगाडि भनेका छन्, ‘तपाईँ आफैले हिजो गरेको बाचा पूरा नगर्दा नै यी विषय आज माग बनेका होइनन् र?  

    डा। केसीसंग संवाद नै गर्दिन भन्ने तपाईँको हठले के तपाईँको मान बढाउँछ? पुरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्।यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ।’  

    सत्याग्रहीमाथि दुरासय राखेर बेवास्था गरिए प्रधानमन्त्री ओलीले ठुलो मूल्य चुकाउनु पर्ने समेत उनले चेतावनी दिएका छन्। केसीको जीवन तलमाथि हुँदा त्यसको शतप्रतिशत दोषी पनि प्रधानमन्त्री हुने उनले जिकिर गरेका छन्।

    ‘एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठुलो मूल्य तपाईँले चुकाउनु पर्नेछ। प्रमज्यू ,ख्याल राख्नुहोला,यदि डा। केसीको जीवन तल माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईँ हो।’

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology