Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इरानले इजरायललाई धम्की दिएपछि अमेरिका अलर्ट

इरानले इजरायललाई धम्की दिएपछि अमेरिका अलर्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८१ शनिवार • ०५:३७:३६ बजे
  • 721
    SHARES
  • इरानले इजरायललाई धम्की दिएपछि अमेरिका अलर्ट

    संयुक्त राज्य अमेरिकाले इरानबाट इजरायलमाथि हुनसक्ने सम्भावित आक्रमणबाट बचाउन तथा मद्दत गर्न मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमानहरू तैनाथ गर्ने भएको छ ।

    images

    इरानमा हमास नेता इस्माइल हनियाह र लेबनानी लडाकु समूह हिजबुल्लाहका प्रमुख कमाण्डरको हत्यालाई लिएर यस क्षेत्रमा तनाव उच्च छ। मिसाइल रक्षा बलहरू तैनाथ गर्नको लागि बढ्दो तयारीको अवस्थामा राखिएको पेन्टागनले बताएको छ । अमेरिका इजरायलको बलियो सारथि हो ।

    इरानका नेता अयातोल्लाह खामेनीले हनियाहको हत्याका लागि इजरायललाई 'कठोर सजाय' दिने बताउँदै आएका छन् भने तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। बुधवार तेहरानमा हमास नेता मारिएका थिए ।

    इरान र गाजाले हत्यामा इजरायललाई दोष लगाएपनि इजरायलले नै भने केही टिप्पणी गरेको छैन। पेन्टागनको एक विज्ञप्तिमा भनिएको छ कि नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षामा सुधार ल्याउनेछ भने इजरायलको रक्षाका लागि समर्थन बढाउनेछ ।

    विभिन्न आकस्मिक परिस्थितिहरूमा प्रतिक्रिया दिन अमेरिका तयार छ भन्ने कुरा सुनिश्चित गर्ने पनि पेन्टागनको भनाइ छ । तैनातीमा थप ब्यालिस्टिक मिसाइल रक्षा–सक्षम क्रूजर र विनाशकहरू समावेश हुने बनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरिका अलर्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology