प्रदेश ५ को राजधानी र नाम फेरिने प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आजको बैठकमा आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
सोमबार ११ बजे बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रदेश सभाका एक सदस्यले जानकारी दिए ।
‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने र राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो,नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए।