Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ढाकामा नेताको होटलमा आगजनी, २४ जनाको जलेर मृत्यु

ढाकामा नेताको होटलमा आगजनी, २४ जनाको जलेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८१ बुधवार • ०४:२६:५३ बजे
  • 1.0K
    SHARES
  • ढाकामा नेताको होटलमा आगजनी, २४ जनाको जलेर मृत्यु

    बंगलादेशको एक होटलमा आगलागी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । यस घटनामा एक जना इन्डोनेशियाली नागरिकको पनि मृत्यु भएको बताइएको छ । रिपोर्टका अनुसार आवामी लिगका एक नेताको सो होटलमा सोमबार आगजनी गरिएको थियो ।

    images

    जबीर इन्टरनेशनल होटल अवामी लिगका निकटतम सदस्यको होटल थियो । बंगलादेशको दैनिक पत्रिका डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो ।

    अखबारको रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न दिएनन् । जसका कारण उद्धार कार्य ढिलो सुरु भयो । यो होटल बंगलादेशको दक्षिण–पश्चिममा शहर जसोरमा थियो । होटलका मालिक शाहीन चक्लादार हुन्, जो जसोर जिल्लाको अवामी लिग पार्टीका महासचिव हुन् ।

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख रहँदै आएकी छिन् । सरकारी जागिरमा आरक्षण विरोधी प्रदर्शनले उग्र रुप लिएपछि सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत गएकी थिइन् । त्यसपछि सेनाले विद्यार्थी र सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको थियो ।

    बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसा, लुटपाट र आगजनीका समाचार आइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # २४ जनाको जलेर मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology