Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हमासले आफ्नो नयाँ नेता चुन्यो

हमासले आफ्नो नयाँ नेता चुन्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २३, २०८१ बुधवार • ०४:५८:४४ बजे
  • 529
    SHARES
  • हमासले आफ्नो नयाँ नेता चुन्यो

    बीबीसी /हमासले आफ्नो नयाँ नेता चयन गरेको छ । कतारको राजधानी दोहामा दुई दिन लामो वार्तापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ शीर्ष नेतामा चयन गरेको हो ।

    images

    सिनवार २०१७ देखि गाजापट्टीमा समूह नेताको रूपमा काम गर्दै आएका थिए । यसअघिका नेता इस्माइल हानियाको इरानको तेहरानमा हत्या भएको थियो । हानियाको हत्यामा इजरायलको हात रहेको बताइएको छ ।

    इस्माइल हानियाको मृत्युबारे इजरायलबाट भने कुनै प्रतिक्रिया आएको छैन। हमासका एक अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमास नेतृत्वले सर्वसम्मतिले सिनवारलाई आन्दोलनको नेतृत्व गर्न आफ्नो नेता चयन गरेको हो।

    मध्यपूर्वमा बढ्दो तनावका बिच यो घोषणा भएको छ । इरान र उसका सहयोगीहरूले हनियाको मृत्युको बदला लिने बताएका छन्।

  • सम्बन्धित विषय:

  • # नयाँ नेता चुन्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology