Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारत

एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०७७ सोमवार • १४:२५:४३ बजे
  • 1.9K
    SHARES
  • एकै पटक चीन र पाकिस्तान बिरुद्ध लड्न सक्छौः भारत
    एजेन्सी / भारतको वायुसेना प्रमुख आरकेएस भदौरीयाले फ्रान्सबाट राफेल ल्याए पछि भारतको सैन्य शक्ति बढेको भन्दै चीन र पाकिस्तान बिरुद्ध एकै साथ लड्न सक्ने बताए ।

    उनले भारत जुनसुकै स्थितिका लागि तयार छ , आगामी पाँच बर्ष भित्र लडाकु हेलिकप्टर, तेजस जस्ता हवाई युद्धक उपकरण प्राप्त हुने र अझ वायुसेना शक्तिशाली हुने पनि दाबी गरे ।
    लद्धाखमा चीनसगँ र कास्मीरमा पाकिस्तानसगँ तनाव बढीरहेका बेला भारतीय वायुसेना प्रमुखको यो दाबी आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    चीनी वायुसेना भन्दा भारतीय वायुसेना कमजोर नरहेको पनि भदौरीयाले दाबी गरे । राफेलका कारण कुनै पनि स्थितिमा ठोस कार्बाही गर्न भारतीय सेना सक्षम हुने उनको जिकिर छ ।
    चीन र भारतबीच सन् १९६२ को युद्धमा पराजीत भए पछि भारतले चीन बिरुद्ध निरन्तर तयारी गर्दै आएको छ । गत जुन १५ मा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि दुबै देश सीमामा आमनेसामने भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology