Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बंगलादेशमा अन्तरिम सरकार गठन, २ विद्यार्थी नेता पनि मन्त्रिपरिषद्‍मा

बंगलादेशमा अन्तरिम सरकार गठन, २ विद्यार्थी नेता पनि मन्त्रिपरिषद्‍मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०८१ शुक्रवार • ०५:१९:१६ बजे
  • 910
    SHARES
  • बंगलादेशमा अन्तरिम सरकार गठन, २ विद्यार्थी नेता पनि मन्त्रिपरिषद्‍मा

    बंगलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । युनुसले बिहीबार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् ।

    images

    उनले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा भेदभावविरोधी विद्यार्थी आन्दोलनका दुई नेता नासिद इस्लाम र आसिफ महमूद पनि छन् । मन्त्रिपरिषद्‍मा पूर्व ब्रिगेडियर जनरल एम सखावत हुसेन पनि छन् । विद्यार्थी नेताहरुको प्रस्ताव अनुसार अन्तरिम सरकारको नेतृत्व गर्न सहमत भएका युनुस बिहीबार मात्र ढाका पुगेका थिए ।

    सरकारी रोजगारीमा रहेको कोटाविरुद्ध विद्यार्थीहरुले थालेको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाले २१ गते राजीनामा दिएर देश छोडकी थिइन् । लगतै सेना प्रमुखले पत्रकार सम्मेलन गरेर अन्तरिम सरकार बनाउने बताए । विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा सरकार स्वीकार नगर्ने बताउँदै युनुसको नाम अगाडि सारे । संसद भंग गर्न माग गरे ।

    राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सर्वपक्षीय छलफल गरेर विद्यार्थीहरुको मागअनुसार संसद भंग गर्नुका साथे नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # अन्तरिम सरकार गठन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology