Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्राधिकरण सञ्चालकबाट आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

प्राधिकरण सञ्चालकबाट आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २५, २०८१ शुक्रवार • ०५:३३:०२ बजे
  • 742
    SHARES
  • प्राधिकरण सञ्चालकबाट आचार्य र पुनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

    नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    images

    बिहीबार अन्तरिम आदेश जारी गर्दै दुई सदस्यको माग बमोजिम अन्तरिम आदेश जारी भएको हो । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले ऊर्जामन्त्री दीपक खड्काको सो निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

    डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै १८ साउनमा मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेका थिए । सरकारले १६ साउनमा दुवै जनासँग स्पष्टीकरण सोधेको थियो । तर, उनीहरूले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री खड्काले दुवै जनालाई पदमुक्त गरेका थिए ।

    २ पुससम्म आफूहरूको कार्यकाल हुँदाहुँदै पदमुक्त गरेको भन्दै उनीहरू दुवै जना सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका थिए । ७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको थियो ।

    सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले भने फरक मत (नोट अफ डिसेन्ट) लेखेका थिए । नेपाल विद्युत् प्राधिकरणले बिजुली महसुल विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

    सो विद्युत् ८ साउनमा मात्रै जोडिदिएको थियो । तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology