Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बिहे गर्ने उमेर घटाएर ९ वर्षमा झार्दै इराक

बिहे गर्ने उमेर घटाएर ९ वर्षमा झार्दै इराक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८१ शनिवार • ०५:०४:१४ बजे
  • 1.0K
    SHARES
  • बिहे गर्ने उमेर घटाएर ९ वर्षमा झार्दै इराक

    इराकले केटीहरूको बिहे गर्ने कानुनी उमेर घटाएर ९ वर्षमा झार्ने भएको छ । त्यहाँको संसदमा केटीको बिहे गर्ने कानुनी उमेर घटाउने प्रस्तावित विधेयक पेस गरिएको छ । अहिले यो उमेर १८ वर्ष छ ।

    images

    यो संशोधन विधेयक पारित भयो भने कानुनले केटीलाई ९ वर्ष र केटालाई १५ वर्षकै उमेरमा बिहे गर्न अनुमति दिनेछ । यसले बाल विवाह र शोषणको चिन्ता बढाएको छ । यसले महिलाको अधिकार र लैङ्गिक सवालमा भइरहेको प्रगतिलाई उल्ट्याउने तर्क आलोचकहरूले गरिरहेका छन् ।

    मानव अधिकारीवादी संघसंस्था, महिला अधिकार समूह र नागरिक समाजका अभियन्ताहरूले यो विधेयकको कडा आलोचना गरिरहेका छन् ।

    यसले बालिकाहरूको शिक्षा, स्वास्थ्य र समृद्धिमा नकारात्मक असर गर्ने, विद्यालयको पढाई बिचमै छाड्नेको सङ्ख्या बढाउने र सानो उमेरमै गर्भधारण गर्ने किशोरीको सङ्ख्या बढाउने र घरेलु हिंसाका घटनाहरू पनि बढ्ने चेतावनी उनीहरूले दिइरहेका छन् । इराकमा अहिले नै २८ प्रतिशत केटीहरूले १८ वर्ष नपुग्दै बिहे गर्ने गरेको युनिसेफले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # ९ वर्षमा झार्दै इराक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology