Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०८१ बुधवार • ०५:३३:१९ बजे
  • 760
    SHARES
  • टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताहरूले सम्बोधन गर्ने

    संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमाथि आज संघीय संसदको प्रतिनिधि सभामा छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।

    images

    संसद्‌मा छलफलका लागि प्रस्तुत विधेयकमाथि आजै प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । नेताहरूले सम्बोधन गरिसकेपछि आज नै उक्त विधेयक पारित गर्ने तयारी छ । कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै संसदमा पेस भएको थियो ।

    यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो । विधेयकमा सहमति गर्न कांग्रेस, एमाले र माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको सहमति अनुसार तयार भएको प्रतिवेदनसहित विधेयक संसदमा पेस भएको थियो ।

    २५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

    यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफल सहित सर्वसम्मत रुपमा पारित भएको थियो ।

  • सम्बन्धित विषय:

  • # टीआरसी विधेयक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology