Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु

गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०८१ बुधवार • ०५:४२:२४ बजे
  • 649
    SHARES
  • गर्मीको मारमा युरोप, एक वर्षमै ४७ हजारको मृत्यु

    यही सोमबार अर्थात् अगष्ट १२ मा बेलायतको क्याम्ब्रिजको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस पुग्यो । यो तापमान यस वर्षको सबैभन्दा उच्च हो । गत वर्षको जुलाइमा त्यहाँको अधिकतम तापमान ३२ डिग्री सेल्सियससम्म पुगेको थियो । यसअघि सन् २०२२ मा त्यहाँको तापक्रम ४०.३ डिग्री सेल्सियससम्म पुगेको थियो । बेलायतमा सन् २०२२ को अगष्ट १३ यता पहिलोपटक तापक्रम यो वर्ष यति उच्च बनेको हो । बेलायतको साउथपोर्टमा त समुद्र नै सुक्दै गएको छ ।

    images

    त्यहाँ समुद्री तट छ तर पानी छैन ।मानिसहरु समुद्री तटमा छन् तर समुद्रका छालहरुको आनन्द लिन पाइरहेका छैनन् । मौसम विभागका अनुसार सन् १९६१ पछि तापक्रम यतिधेरै उच्च विन्दुमा पुगेको यो ११औं वर्ष हो । अझ डरलाग्दो त के भने ती ११ वर्षभन्दा ८ वर्ष त सन् २००० पछिका वर्षहरु हुन् । बेलायत तथा समग्र युरोपबासीलाई न यतिधेरै गर्मी खप्ने बानी छैन । तर, विश्व उष्णीकरणसँगै बढिरहेको तापमान भोग्नैपर्ने समस्या बनिरहेको छ ।

    अस्पतालहरुमा गर्मीसँग सम्बन्धित समस्याहरू तथा रोगहरु लिएर मानिसहरू आउने क्रम बढिरहेको छ । गतवर्ष युरोपले भयानक गर्मीको सामना गर्‍यो । त्यसक्रममा युरोपमा कुल ४७ हजार मानिसको मृत्यु भएको थियो । बार्सिलोना इन्स्टिच्युट फर ग्लोबर हेल्थले गरेको अध्ययनको यस तथ्यको खुलासा गरेको हो । युरोपको दक्षिणी हिस्सा गत वर्ष गर्मीबाट सबैभन्दा धेरै प्रभावित भएको थियो । स्मरण रहोस् गत वर्ष सन् २०२३ पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी वर्ष रह्यो ।

    जलवायु परिवर्तनका कारण बाँकी विश्वजस्तै युरोप पनि तातिरहेको छ । शोधकर्ताहरुले सन् २०२३ मा गर्मीका कारण युरोपमा ६० हजार मानिसको मृत्यु हुने गरेको अनुमान गरेका थिए र वास्तविक आँकडा त्यसको नजिक पुगेको हो । पीडादायी तथ्य त के भने मृत्यु हुनेमध्ये अधिकांश मानिसहरु घरबारविहीन थिए । पछिल्लो २० वर्षदेखि युरोपेलीहरुले बढ्दो तापमानमा अनुकू‍लित हुने कोसिस गरिरहेका छन् । त्यहाँ पूर्वचेतावनी प्रणालीमा सुधार भइरहेको छ । तर, आखिर गर्मी त गर्मी नै हो । ISGlobal शोधकर्ता एलिसा ग्यालोका अनुसार उनीहरुले युरोपका ३५ वटा देशका तथ्यांकहरुको विश्लेषण गरेका छन् ।

    त्यसक्रममा अस्पतालहरुबाट प्राप्त तथ्यांकलाई हेर्दा गत वर्ष गर्मी तथा तातो लहरका कारण ४७ हजार ६९० जनाको मृत्यु भएको छ । त्यसमध्ये सबैभन्दा धेरै मृत्यु ग्रीस, बुल्गेरिया, इटाली र स्पेनमा भएका छन् । ती देशमा गत वर्ष गर्मीको असर सबैभन्दा धेरै देखिएको थियो ।

  • सम्बन्धित विषय:

  • # ४७ हजारको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology