Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

जुलाई देखि १४ देशका नागरिकले पनि युराेप भ्रमण गर्न पाउने

जुलाई देखि १४ देशका नागरिकले पनि युराेप भ्रमण गर्न पाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०७७ मंगलवार • ११:१४:०२ बजे
  • 1.6K
    SHARES
  • जुलाई  देखि  १४ देशका नागरिकले पनि युराेप भ्रमण गर्न पाउने

    कोरोना महामारी नफैलियोस् भनेर युरोपियन युनियन (ईयू) भित्रका मुलुकमा बाहिरी देशका यात्रुलाई लगाइएको प्रतिबन्ध आगामी जुलाई १ देखि हटाइँदै छ।

    images

    ईयूभित्रैका यात्रुका लागि भने यसअघि नै यात्रा खुला गरि सकिएको छ। अहिले ईयूबाहिरका ‘सुरक्षित’ १४ देशका लागि पनि यात्रा खुला गरिएको हो। जसको सूची ईयूले सार्वजनिक गरेको छ।

    ती मुलुक अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्युजिल्यान्ड, रुवान्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्यान्ड, ट्युनिसिया र उरुग्वे हुन्।

    महामारीले सबैभन्दा बढी ग्रस्त अमेरिका र ब्राजिल तथा कोरोनाको उद्गमस्थल चीनका यात्रुलाई भने युरोप भ्रमणका लागि खुला गरिएको छैन।

    यात्राको स्वीकृति पाउने देशको सूचीमा चीनलाई पनि राख्न खोजिएको तर त्यसका लागि युरोपेली यात्रुलाई पनि चीन भ्रमणको स्वीकृति दिइनुपर्ने सर्तमा चीन तयार नभएकाले उसलाई नराखिएको ईयूका अधिकारीले बताएका छन्। 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology