Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा

संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ११, २०८१ मंगलवार • १७:११:३० बजे
  • 1.6K
    SHARES
  • संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा

    कुवेत - संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । 

    images

     "अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान" भन्ने नारालाई आत्मसात गर्दै २६ अप्रील २०२४ को दिन स्थापना भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन यही आउदो अगष्ट ३० तारिखका दिन कुबेतको खैतान स्थित राजधानी होटलको सभाहलमा विविध मनोरन्जात्मक साँस्कृतिक प्रस्तुतिहरुको साथ हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक बिजय लामाले जानकारी दिएका छन ।
     
    प्रथम ऐतिहासिक अधिवेशन तथा सांस्कृतिक कार्यक्रम लाई  अलमुल्ला एक्सचेन्ज AlMullaExchange kuwait ले मुख्य प्रायोजन गरेको छ । भने कार्यक्रम लाई थप मनोरञ्जन दिलाउन स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । 

    दिउँसो ठिक १२ बजेदेखी सुरु हुने कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कुनै कारणवश  निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी गरिमामय उपस्थितिको लागि कार्यक्रम संयोजक बिजय लामाले अनुरोध गरेका छन्।

    कार्यक्रमको विवरण:
    मिति:- अगष्ट ३० तारिक २०२४ शुक्रबार
    स्थान:- खैतानको राजधानी होटल
    समय:- दिउँसो ठिक १२ बजे बजेदेखी
    आयोजक:- संखुवासभा समाज कुबेत

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology