Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चुनिए एकीकृत समाजवादीका पदाधिकारी, रामकुमारी हारिन्

चुनिए एकीकृत समाजवादीका पदाधिकारी, रामकुमारी हारिन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८१ बुधवार • ०३:५५:३६ बजे
  • 715
    SHARES
  • चुनिए एकीकृत समाजवादीका पदाधिकारी, रामकुमारी हारिन्

    नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत चुनिएका थिए ।

    images

    महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् । उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराइन् । यसैगरी मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए । खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

    उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् ।

    चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए । सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # रामकुमारी हारिन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology