Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार

भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०८१ शुक्रवार • ०७:०४:५४ बजे
  • 838
    SHARES
  • भ्रष्टाचार कसुरमा ५ वर्षे हदम्याद हटाउन सरकार तयार

    गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न ५ वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा ५ वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गरे ।

    images

    भ्रष्टाचारीलाई कुन विधि अनुसार कारबाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुङ्गो लगाउन लेखकले समितिलाई आग्रह गरे । मन्त्री लेखकले भने, 'भ्रष्टाचार ५ वर्षे हदम्याद हटाइदिउँ, पहिलेकै व्यवस्था राखौँ । भ्रष्टाचारका मुद्दामा जहिलेसुकै मुद्दा चलाउन सकिन्छ । यो सरकारको आग्रह छ, सरकार यो प्रावधान हटाउन तयार छ ।

    जहिलेसुकै मुद्दा चलाउने सुनिश्चितता गरौँ । ५ वर्षे हदम्यादको विषय हटाउन समस्या भएन । समितिका सदस्यहरूको धारणा अनुसार सरकार चल्न तयार छ ।' यसअघि विधेयकमा भ्रष्टाचारका मुद्दा चलाउन ५ वर्षे हदम्याद राखेपछि चौतर्फी विरोध भएको थियो । मन्त्री लेखकले सरकार हदम्याद हटाउन तयार रहेको बताएपछि समितिका सांसदहरूले स्वागत गरेका छन् ।

    सरकारले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक २०७५ सालमा संसद्मा दर्ता गरेको थियो । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको यो विधेयकमाथि दफावार छलफल भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सरकार तयार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology