Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा

कुवेतमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०८१ बुधवार • १२:३८:३९ बजे
  • 1.9K
    SHARES
  • कुवेतमा हुने हरितालिका तीज विशेष  साँस्कृतिक कार्यक्रमको तयारी पूरा

    कुवेतमा हुने हरितालिका तीज विशेष  साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक नेपाल कुवेत साँस्कृतिक मञ्चले जनाएको छ । 

    images

    कुवेतको जिलिपस्थित अस्पायर ईन्डियन स्कुलको सभाहलमा ०६ सेप्टेम्बर २०२४ शुक्रवारका दिन चर्चित राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बि.सीको उपस्थितिमा हुने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन ।

    “हाम्रो संस्कृति, हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो संस्था नेपाल कुवैत सांस्कृतिक मञ्चको  २३ औं सांगीतिक प्रस्तुति हो । मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज बिशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

    नेपाली कला र संस्कृतिको जगेर्णा तथा सांगीतिक मनोरन्जन प्रदान गर्ने मञ्चको प्रतिबद्धता रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology