कुवेत - नेपाल तामाङ घेदुङ कुवेतले २८६१ सोनाम ल्होछार ३१ जनवरी २०२५ मा मनाउने भएको छ । तामाङ समुदायको महान सांस्कृतिक पर्व नयाँ बर्ष मन्जुश्री सम्बत २८६१ सोनाम ल्होछारको अवसरमा नेपालका चर्चित कलाकारहरूलाई आमन्त्रण गरि धुमधामका साथ मनाउन लागेको हो ।
कुवेतको फरवानिया स्थित म:म: किंग रेष्टुरेण्टमा गत शुक्रबार ६ सेप्टेम्बरमा बसेको बैठकले सो निर्णय गरेको हो । संस्थाका अध्यक्ष पेमा ब्लोन लामाको अध्यक्षतामा भएको बैठकमा संरक्षक राम लामा र अर्जुन तामाङको विशेष उपस्थिति रहेको थियो। बैठकले आगामी ३१ जनवरी २०२५, शुक्रबारका दिन सोनम ल्होछार मनाउने मिति तय गरेको हो ।
आयोजकले कार्यक्रमस्थल र नेपालबाट आमन्त्रण गरिने कलाकारहरूको टुङ्गो भने केही समयपछि सचिवालयको बैठकबाट निर्णय गरिने जानकारी दिइएको छ ।नेपाल तामाङ घेदुङ कुवैतले यस कार्यक्रमलाई भव्य रूपमा मनाउने तयारी गरेको र सो मितिमा अरु संघ सस्थाले कार्यक्रम नजुधाई दिन आयोजकले अनुरोध समेत गरेको छ ।