Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सी–चेक गरेर नेपाल एयरलाइन्सको वाइडबडी काठमाडौँ फर्कियो

सी–चेक गरेर नेपाल एयरलाइन्सको वाइडबडी काठमाडौँ फर्कियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०८१ बिहिवार • ०५:३३:२८ बजे
  • 1.1K
    SHARES
  • सी–चेक गरेर नेपाल एयरलाइन्सको वाइडबडी काठमाडौँ फर्कियो

    सी–चेक (प्राविधिक जाँच) का लागि इटली गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान अढाई महिनापछि आज काठमाडौँ आइपुगेको छ । असार ८ गते इटली गएको ए ३३० नाइन एन एएलवाई कलसाइन भएको जहाज सम्पूर्ण प्राविधिक जाँच गरी काठमाडौँमा फर्किएको हो ।

    images

    निगमको अर्को वाइडबडी विमान भने सी–चेकका लागि अझै इटलीमै छ ।

    उक्त जहाजलाई एक महिनापछि काठमाडौँ ल्याइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। सी–चेकपछि फर्किएको एक वाइडबडीसँगै नेपाल वायुसेवा निगमसँग थप दुई न्यारोबडी जहाज उडानका लागि योग्य छन् ।

    निगमसँग अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार जहाज छन् । सी–चेक गरेर एउटा वाइडबडी आएपछि निगमले जापान उडानलाई पुनः निरन्तरता दिने भएको छ ।

    दुई वाइडबडी सी–चेकका लागि गएपछि भदौ १३ देखि जापानको उडान हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # काठमाडौँ फर्कियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology