Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लेबनानमा मेसेज पठाउन प्रयोग हुने पेजर एकसाथ विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

लेबनानमा मेसेज पठाउन प्रयोग हुने पेजर एकसाथ विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०८१ बुधवार • ०५:१५:५० बजे
  • 811
    SHARES
  • लेबनानमा मेसेज पठाउन प्रयोग हुने पेजर एकसाथ विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

    लेबनानमा मंगलबार मेसेज पठाउन प्रयोग हुने पेजर एकसाथ विस्फोट हुँदा हिज्बुल्लाहका सयौं सदस्यहरू घाइते भएका छन्। यस घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    images

    लेबनानको स्वास्थ्य मन्त्रालयले यस घटनामा हालसम्म २ हजार ७ सय ५० जना घाइते भएको जनाएको छ । तीमध्ये २ सय जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ ।

    हिजबुल्लाहले इजरायललाई यो घटना घटाउन जिम्मेवार ठहर्‍याएको छ। एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाह समूहले उचित सजाय दिने बताएको छ। हिजबुल्लाहले आफ्नो विज्ञप्तिमा भनेको छ, 'यस आक्रमणको लागि शत्रुलाई अवश्य सजाय दिइनेछ, हामी प्यालेस्टिनी जनताको संघर्षलाई पूर्ण समर्थन जारी राख्नेछौं।'

    इजरायलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। हिज्बुल्लाहका एक अधिकारीले एसोसिएटेड प्रेसलाई बताएअनुसार पेजरको नयाँ ब्रान्ड पहिले अति तात्यो र त्यसपछि विस्फोट भयो।

    इरानको सरकारी समाचार एजेन्सी इरनाले पेजर विष्फोटमा देशका राजदूत मोज्ताबा अमानी समेत सामान्य घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology