Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा सचिवालय बैठक

यी तिन नेतालाई मन्त्री प्रस्ताव गर्न अपरान्ह ४ बजे नेकपा सचिवालय बैठक बस्दै !

यी तिन नेतालाई मन्त्री प्रस्ताव गर्न अपरान्ह ४ बजे नेकपा सचिवालय बैठक बस्दै !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २०, २०७७ मंगलवार • ११:४८:०३ बजे
  • 1.1K
    SHARES
  • यी तिन नेतालाई मन्त्री प्रस्ताव गर्न अपरान्ह ४ बजे नेकपा सचिवालय बैठक बस्दै !
    पोखरा- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । छ।

    बालुवाटार स्रोत अनुसार बैठकले अर्थमन्त्रीसहित तीन रिक्त मन्त्रालयमा मन्त्री नियुक्तिको प्रधानमन्त्री प्रस्तावमा सहमति दिने सम्भावना रहेको बताएको छ । अर्थमन्त्रीको रुपमा ओलीका विश्वासपात्र विष्णु पौडेल नियुक्त हुने अधिक संभावना रहेको छ ।

    प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने र बुटवलका नेता एवं पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेललाई अर्थमन्त्री बनाउन सहमति भएको बताइन्छ । यसैगरी रिक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जनार्दन शर्मा र सहरी विकास मन्त्रालयमा सुरेन्द्र पाण्डेलाई नियुक्त गर्न लागिएको बुझिएको छ ।

    हिजो पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि बैठक बोलाइएको हो । सचिवालय बैठकको चारवटा कार्यसूची यसअघि नै तय भइसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # सचिवालय बैठक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology