Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ६, २०८१ आइतवार • ११:१६:४३ बजे
  • 1.0K
    SHARES
  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

    images

    साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।

    प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । .

    साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाईं पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology