Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लेबनानमा सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ

लेबनानमा सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०८१ बिहिवार • ०४:३६:२६ बजे
  • 724
    SHARES
  • लेबनानमा सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ

    इजरायलको आक्रमणका कारण लेबनानमा संयुक्त राष्ट्रसंघले सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

    images

    संयुक्त राष्ट्रसंघका अनुसार इजरेली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा गरेको हमलाका कारण हजारौँ मानिसहरू विस्थापित भइरहेको तथ्यांक सार्वजनिक भएको हो ।

    लेबनानको स्वास्थ्य मन्त्रालयले बुधबारको इजरायली हवाई हमलाहरूमा मात्रै ५१ जनाको ज्यान गएको जनाएको छ। गत अक्टोबर ८ तारिखयता इजरायल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरेलमा ६०,००० भन्दा बढी मानिसहरू विस्थापित भएका छन्।

    इजरायलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार हुनुपर्ने बताए।

    इजरायलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा जबाफी आक्रमण गरिरहेको बीबीसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रसंघ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology