Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लेबनानमा स्थल कारबाही सुरु गर्दै इजरायल

लेबनानमा स्थल कारबाही सुरु गर्दै इजरायल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०८१ मंगलवार • ०५:५२:२७ बजे
  • 1.6K
    SHARES
  • लेबनानमा स्थल कारबाही सुरु गर्दै इजरायल

    इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गर्न लागेको पुष्टि गरेको छ ।

    images

    यो 'स्थानीय, सीमित र लक्षित' हुने इजरायलले बताएको हो। केही हेलिकप्टरहरू हाल उत्तरी इजरायलमा गस्ती गरिरहेका छन्। यसबाहेक केही टाढाबाट गोली चलेको आवाज पनि सुनिएको छ।

    गत राति धेरै ठुला विस्फोटको आवाज सुनिएको बीबीसी जानकारी दिएको छ । यो स्थल कारबाही कति ठुलो हुने वा कस्तो अभियान चल्छ भन्ने अझै स्पष्ट भएको छैन। केही दिनदेखि त्यहाँ सैनिक भेला हुन थालेका थिए भने सीमाबाट अलि पर दुई दर्जन ट्याङ्क देखिएका थिए ।

    इजरायलले विगत केही हप्ताहरूमा हिजबुल्लाहलाई लक्षित ठुलो हवाई आक्रमण गरिरहेको छ । तर यस प्रकारको स्थल आक्रमण भने फरक प्रकारको युद्ध हो।

  • सम्बन्धित विषय:

  • # लेबनानमा स्थल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology