Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हिजबुल्ला मुख्यालयका कमान्डरको मृत्यु

हिजबुल्ला मुख्यालयका कमान्डरको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २२, २०८१ मंगलवार • ०६:१२:५१ बजे
  • 649
    SHARES
  • हिजबुल्ला मुख्यालयका कमान्डरको मृत्यु

    इजरायलले बेरुतमा गरेको हमलामा हिजबुल्लाह मुख्यालयका कमान्डर सुहैल हुसैन हुसैनीको मृत्यु भएको छ ।

    images

    बेरुतमा रहेको समूहको मुख्यालयमा इजरायली हवाई बल (आईएएफ)ले सोमबार गरेको हमलामा उनको मृत्यु भएको इजरायली रक्षा बल (आईडीएफ)ले मंगलबार दाबी गरेको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई इमेल गरेको पत्रमा आईडीएफले हुसैनीको मृत्युको पूष्टि गरेको छ । हुसैनीले इरान र हिजबुल्लाहबीच हतियार ओसारपसारमा मुख्य भूमिका खेल्दै आएका थिए ।

    उनले हिजुबुल्लाहको लजिष्टिकको व्यवस्थापन गर्थे भने अन्य सञ्चालनको संयोजन पनि गर्थे । तर यसबारे हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको छैन ।

  • सम्बन्धित विषय:

  • # कमान्डरको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology