Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाकिस्तानको बलुचिस्तानमा अज्ञात आक्रमणकारीद्वारा २० जना मजदुरको हत्या

पाकिस्तानको बलुचिस्तानमा अज्ञात आक्रमणकारीद्वारा २० जना मजदुरको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २५, २०८१ शुक्रवार • ०६:४१:५६ बजे
  • 928
    SHARES
  • पाकिस्तानको बलुचिस्तानमा अज्ञात आक्रमणकारीद्वारा २० जना मजदुरको हत्या

    पाकिस्तानको बलुचिस्तानको दुक्की जिल्लामा अज्ञात आक्रमणकारीले २० जनाको हत्या गरेको छ । खानीमा काम गरिरहेका मजदुरमाथि अज्ञात आक्रमणकारीले आक्रमण गर्दा अरू सात जना मजदुर घाइते भएको बताइएको छ । स्थानीय अधिकारीका अनुसार बिहीबार राति दुक्की प्रहरी चौकी क्षेत्रमा यो हमला गरिएको हो । खानीमा कार्यरत मजदुरमाथि गोली प्रहारको घटना डक्की शहरबाट करिब आठ किलोमिटर टाढा रहेको खैर मोहम्मद नासिर क्षेत्रमा भएको हो ।

    images

    ‘हिजो राति अज्ञात बन्दुकधारीहरूको समूह उक्त क्षेत्रमा प्रवेश गरी कोइला खानी नजिक कामदारहरूलाई निशाना बनाउन थाले,’ एसएचओ हुमायुन नसिर खानले भने ।

    मृत्यु हुनेमा चार जना अफगानिस्तानका कामदार रहेको एसएचओ खानले जानकारी दिएका छन् । अन्य चाहिँ बलुचिस्तानको झोब, किला सैफुल्लाह, पशिन, मुसा खेल र कुचलकका बासिन्दा थिए । खानी मजदुरमाथि भएको आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

    यद्यपी यसअघि पनि बलोच लिबरेसन आर्मी (बीएलए)ले यस्ता आक्रमणको जिम्मेवारी लिँदै आएको छ । यस आक्रमणको विरोधमा दुक्कीको मुख्य चोकमा विरोध प्रदर्शन गर्ने स्थानीय पत्रकार अब्दुल हाकिम नासिरले बताएका छन् । घटनाको विरोधमा क्षेत्रका बजार बन्द रहने उनले बताए ।

    यस वर्ष बुलिस्तानमा ठूलो मात्रामा कामदारलाई निशाना बनाइएको छ । निशाना बनाइएका अधिकांश कामदार पाकिस्तानको पञ्जाबका बासिन्दा हुन् ।

  • सम्बन्धित विषय:

  • # मजदुरको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology