Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गुल्मीको हुग्दी खोलामा १० हजार भुरा माछा छोडियो

गुल्मीको हुग्दी खोलामा १० हजार भुरा माछा छोडियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०८१ बिहिवार • ०४:२८:३३ बजे
  • 691
    SHARES
  • गुल्मीको हुग्दी खोलामा १० हजार भुरा माछा छोडियो

    रुरु हाइड्रोपावर परियोजनाले गुल्मीको हुग्दी खोलामा भुरा माछा छोडेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर-४ शान्तिपुर स्थित हुग्दी खोलामा दश हजार माछाका भुरा छाडिएको हो ।

    images

    पछिल्लो समय विभिन्न कारणले खोलामा माछाको संख्यामा पनि कमी हुँदै गएको छ । परियोजनाले सामाजिक उत्तरदायित्व स्वरुप भुरा माछा छोडेको जनाएको छ ।

    रुरु हाइड्रोपावर परियोजनाले गरेको यो कार्यले पर्यावरण जोगाउन मद्दत हुने चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए । हुग्दी खोलामा जाल हान्ने, विषादी प्रयोग गरी माछा मार्ने, तथा करेन्ट हान्ने जस्ता गतिविधिहरु नगर्न गाउँपालिकाले अनुरोधसमेत गरेको छ ।

  • सम्बन्धित विषय:

  • # माछा छोडियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology