Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण बम आतंक :छत्तिसगढका किशोर पक्राउ

भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण बम आतंक :छत्तिसगढका किशोर पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०८१ बिहिवार • ०४:५६:३० बजे
  • 514
    SHARES
  • भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण बम आतंक :छत्तिसगढका किशोर पक्राउ

    सामाजिक सञ्जालमार्फत भारतीय विमानहरूमा बम रहेको धम्कीपूर्ण सन्देश साझा गरेको आरोपमा मुम्बई प्रहरीले छत्तिसगढका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार दिएको जानकारी अनुसार धम्कीपूर्ण सन्देश प्रवाह गर्न प्रयोग भएको एक्सको ह्यान्डललाई पछ्याउँदा ती किशोरसम्म प्रहरी पुगेको थियो ।

    images

    अनुसन्धानपछि प्रहरीले किशोरका पितालाई उनलाई मुम्बई ल्याउन भनेको थियो । त्यसपछि उनलाई डोंग्रीको जुभिनायल जस्टिस बोर्डसामु प्रस्तुत गरिएको थियो ।

    उनलाई अक्टोबर २४ सम्म हिरासतमा पठाइएको छ । उनले यस्तो गर्नुको कारणबारे खुलासा गर्दै जोन ८ का डेप्युटी कमिस्नर अफ पुलिस मनिष कल्वानियाले भने, ‘प्रमुख कारण पैसाको लेनदेन देखिएको छ । ती किशोरले फेक आईडी प्रयोग गरेर उनीसँग आर्थिक विवाद रहेका फजलुद्दिन निबान नाम गरेका व्यक्तिलाई फसाउन चाहेका थिए ।’ ३० वर्षीय निबानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    ती किशोर भने ११ कक्षामा कलेज पढ्न छाडेर छत्तिसगढको राजनन्दगाउमा सानो पसल सञ्चालन गर्थे । गत सोमबार सुरुमा इन्डिगो र एयर इन्डियाका एक्स ह्यान्डलमा बमको धम्की दिइएको थियो । धम्कीपछि मुम्बईबाट मस्कट र जेद्दा जान लागेका इन्डिगोका दुई विमान ग्राउन्डेड गरिएको थियो भने मुम्बईबाट न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमान डाइभर्ट गरिएको थियो । नाम गरेका ट्वीटर ह्यान्डलबाट ती धम्कीपूर्ण पोस्ट गरिएको थियो ।

    पोस्टमा विमानमा ६ केजी आरडीएक्स र ६ जना आतङ्कवादी रहेको उल्लेख गरिएको थियो । ती किशोरविरुद्ध एफआईआर दर्ता गरिएको छ । उनीमाथि इन्डियन पेनल कोडको धारा १२५ अन्तरगत ३५१(४), ३१३(१) (बी) मुद्दा दर्ता गरिएको छ । बुधबार पनि बैंगलुरुबाट दिल्ली जाने आकाशा एयरमा बमको धम्की दिइएको थियो ।

    त्यस्तै, मंगलबार स्पाइस जेट, आकाशालगायत विमानमा बमको धम्की दिइएको थियो । सोमबार यता बमको धम्कीका कारण कम्तीमा २० वटा विमान डाइभर्ट वा ढिला भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # किशोर पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology