राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहान १०:३० बजेदेखि राष्ट्रपति र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
नेकपा स्थायी कमिटी बैठकअघि भएको भेटवार्तालाई नेकपामा अर्थपूर्णरुपमा हेरिएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भवनबाट नफर्किएका कारणले नेकपा स्थायी कमिटी बैठक बस्न सकेको छैन ।