Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हमासद्वारा नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि

हमासद्वारा नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०८१ शनिवार • ०५:११:५६ बजे
  • 1.3K
    SHARES
  • हमासद्वारा नेता याह्या सिनवारको मृत्यु भएको पुष्टि

    प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो ।

    images

    'हामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ,' कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा भनेका छन् । सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति बन्नुभएको थियो ।

    हमासको आक्रमण इजरायली इतिहासमा सबैभन्दा घातक थियो । वक्तव्यमा हय्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले आक्रमणका क्रममा इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताए । 'गाजामा हाम्रा मानिसहरू विरुद्धको आक्रमण नरोकिएसम्म बन्धकहरू फर्कने छैनन्,' उनले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न आह्वान गर्दै भने ।

    हमासले सिनवारको हत्याबाट शक्ति लिने भन्दै हय्याले ‘हमासले उनलाई उनीभन्दा अघिका आन्दोलनका नेताहरू र प्रतीकहरू’ मध्ये राखेको बताए ।

  • सम्बन्धित विषय:

  • # मृत्यु भएको पुष्टि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology