Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु

गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०८१ आइतवार • ०४:५७:१८ बजे
  • 595
    SHARES
  • गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु

    उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् । हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो ।

    images

    सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते भएका छन् भने केही व्यक्तिहरु भत्किएका संरचनामा च्यापिएका छन् ।

    बीबीसीका अनुसार इजरायलले यस आक्रमणबारे सार्वजनिक समाचारबारे जाँच गरिरहेको जनाएको छ । इजरायली सेनाका अनुसार हमासले बढाइचढाइ गरेर मिडिया रिपोर्ट सार्वजनिक गर्ने गरेको छ, जुन आफूहरुको रिपोर्टसँग मिल्दैन । यसैबीच स्वास्थ्य अधिकारीहरुले उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले आक्रमण गरेपछि इन्टरनेट र सञ्चार सेवा पनि पूर्णरुपमा अवरुद्ध भएको छ ।

    यसबाट खोज तथा उद्धारको काम प्रभावित भएको छ । हमासको आधिकारिक मिडियाका अनुसार इजरायलले घना वस्ती भएको स्थानलाई लक्षित गरी बम आक्रमण गरेको थियो । प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार इजरायलको आक्रमणबाट एउटा पूरै आवासीय क्षेत्र नष्ट भएको छ ।

  • सम्बन्धित विषय:

  • # ७३ जनजाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology