Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लेबनानका बैंकसहितका स्थानमा इजरायलको बमबारी

लेबनानका बैंकसहितका स्थानमा इजरायलको बमबारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०८१ सोमवार • ०५:०९:३७ बजे
  • 928
    SHARES
  • लेबनानका बैंकसहितका स्थानमा इजरायलको बमबारी

    इजरायलले लेबनानको राजधानी बेरुतसहितका स्थानमा आक्रमण गरेको छ । हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र अन्य संस्थानलाई लक्षित गरी इजरायलले बमबारी गरेको बीबीसीले जनाएको छ ।

    images

    यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हिजबुल्लालाई सहयोग गर्ने बैंकसहितका २४ स्थानमा आक्रमण गर्ने चेतावनी जारी गरेको थियो । बीबीसीका अनुसार बेरुतको दक्षिणी क्षेत्रमा पर्ने दहिह शहरमा इजरायलले आठ हवाई हमला गरेको छ । यसलाई हिजबुल्लाहको नियन्त्रित क्षेत्र मानिन्छ ।

    यसैगरी लेबनानको सरकारी मिडियाले देशका पूर्वी क्षेत्रमा पनि हमला भएको जानकारी दिएको छ । लेबनानको भूमिबाट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासतर्फ शनिबार ड्रोन हमला भएपछि इजरायली सेना थप आक्रामक बनेको छ । नेतन्याहुले आफ्नो हत्या प्रयास भएको भन्दै हिजबुल्लाविरुद्धको आक्रमण जारी राख्ने बताएका थिए ।

    लगत्तै आइतबार इजरायली सेनाले लेबनानका विभिन्न स्थानमा आक्रमण तीव्र पारेको छ । इजरायलको प्रतिकार गर्ने क्रममा हिजबुल्लाहले पनि इजरायली सेनाका क्याम्पलाई लक्षित गरी रकेट प्रहार गरेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # इजरायलको बमबारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology