Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सरकारविरुद्ध माओवादी प्रदर्शनको तयारी कस्तो छ ?

सरकारविरुद्ध माओवादी प्रदर्शनको तयारी कस्तो छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ९, २०८१ शुक्रवार • ०५:४६:२२ बजे
  • 670
    SHARES
  • सरकारविरुद्ध माओवादी प्रदर्शनको तयारी कस्तो छ ?

    नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध शनिबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने तयारी गरेको छ । त्यसका लागि सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले निर्देशन दिएको छ । प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ ।

    images

    यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताए । खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् ।

    जुलुशको बीचमा साउण्डसिस्टम जडित तीनवटा गाडीहरु हुनेछन् । सहभागीहरुले सरकारविरुद्ध नारा लगाउने छन् । सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने छन् ।

    अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ । सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाका अनुसार विरोध सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट मात्र कार्यकर्ताहरुको सहभागिता रहने छ ।

    ‘यसपटक राजधानी बाहिरबाट कार्यकर्ता ओसार्दैनौं’ उनले भने, ‘यो विरोध प्रदर्शन काठमाडौं उपत्यकाको मात्रै हो भनेर बुझ्दा हुन्छ ।’ सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको उनले बताए । ‘सुरुमा २०–२५ हजार जम्मा हुन्छन् होला भन्ने लागेको थियो, तर अहिले त्यो बढेर ३०–३५ हजार हुन्छन् हाम्रो आँकलन छ,’ सिंखडाले भने, ‘सकेसम्म सवारी आवागमनलाई बाधा नपुगोस् भनेर ध्यान दिएका छौं ।’

  • सम्बन्धित विषय:

  • # प्रदर्शनको तयारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology