Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायलले इरानमा समेत आक्रमण गर्‍यो

इजरायलले इरानमा समेत आक्रमण गर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०८१ शनिवार • ०६:४६:११ बजे
  • 601
    SHARES
  • इजरायलले इरानमा समेत आक्रमण गर्‍यो

    इजरायलले इरानमा समेत आक्रमण गरेको छ । गाजामा प्यालेस्टाइन, लेबनानमा हिजबुल्लाह र यमनमा हुथी लक्षित आक्रमण गर्दै आएको इजरायलले शनिबार इरानको राजधानी तेहरानमा समेत आक्रमण गरेको हो ।

    images

    इजरायली सेना (आईडीएफ)का प्रवक्ता डेनियल हगारीले आफ्ना लडाकु विमान इरानका सैन्य क्याम्पमा हमला गरी सुरक्षित रुपमा फर्किएको बताएका छन् । ‘इरानका कैयौं इलाकामा सटिक हमला पूरा भएको छ,’ प्रवक्ता हगारीले भनेका छन्, ‘हाम्रो रक्षात्मक र आक्रामक क्षमता पूर्णरुपमा सक्रिय छन् । हामी इजरायल राष्ट्र र जनताको रक्षाका लागि जे आवश्यक पर्छ त्यो गर्छौं ।’ अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इजरायलले शनिबार बिहान पाँच बजेसम्म इरानमा आक्रमण जारी राखेको थियो ।

    इरानका सरकारी मिडियाहरुले राजधानी तेहरानमा धेरैपटक विष्फोटका आवाज सुनिएको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सले भने तेहरानमा विष्फोटका आवाज सुनिनुमा इरानको हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुनुको कारण मानेको छ । तर, इजरायलले कस्ता खालका सैन्य क्याम्पमा आक्रमण गरेको छ र त्यो आक्रमणबाट क्षति कति भयो भन्ने विवरण भने खुलेको छैन । समाचार एजेन्सी एएफपीका अनुसार तेहरानका दुई अन्तर्राष्ट्रिय विमानस्थल भने सामान्य तरिकाले सञ्चालन भइरहेका छन् । अमेरिकाले पनि इजरायलले इरानमा गरेको आक्रमणबारे जानकार रहेको जनाएको छ ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ताले सीबीएस न्युजसँग कुरा गर्दै भनेका छन्, ‘इरानले १ अक्टुबरमा गरेको आक्रमणको जवाफ स्वरुप इजरायलले पनि आत्मरक्षा कारबाही गरेको हुनसक्छ ।’ इजरायलले इरानमा आक्रमण गरेपछि इराकले हवाई क्षेत्र बन्द गरेको छ । इरानको पश्चिमी सिमाना इराकसँग जोडिएको छ ।

    इराकको सरकारी समाचार एजेन्सी आईएनएका अनुसार क्षेत्रीय तनावलाई मध्यनजर गर्दै इराकको एयर ट्राफिक र सबै विमानस्थलको सेवा बन्द गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # इरानमा गर्‍यो आक्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology